२ माघ २०८१, बुधबार

नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो टी-२० खेलमा ७१ रनले विजयी

कोलोराडोखबर संवाददाता , March 27th, 2024

नेपाल । नेपालले आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी–२० खेलमा ७१ रनले विजयी भएको छ । नेपालले पहिलो खेल ६ विकेटले जितेको थियो ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले आइरिस टोलीमाथि शानदार जीत हात पार्‍यो ।

आयरल्यान्ड ‘ए’ले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमात्रै जो्ड्न सक्यो ।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्