अमेरिका । अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो ।
उक्त घटनामा केही मानिस हताहत भएको र केही सवारीसाधन नदीमा खसेको बताइएको छ । घटनाबारे बिस्तृत विवरण आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्