नेपाल । सोमबार भएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएको छ ।
पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ६ विकेटको सहज जित निकालेको हो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको थियो ।
टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड ‘ए’ टीमसँगको दोस्रो खेल मंगलबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्