२ माघ २०८१, बुधबार

एमाले सचिवालयको बैठक बस्दै, समाजवादी मोर्चामा सहभागी हुने कि नहुनेबारे छलफल हुने

कोलोराडोखबर संवाददाता , March 24th, 2024

नेपाल । आइतबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले जनाएको छ ।

समाजवादी मोर्चामा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा एमाले सकारात्मक देखिएको र त्यस बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यद्यपि अध्यक्ष केपी शर्मा ओलीले भने वाम एकतालाई जोड दिने र समाजवादी मोर्चामा सहभागी नहुने बताउँदै आएका छन् ।

गत असार ४ गते माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चा गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्