–एसके ज्ञवाली–
१.
बिहार तिरको एउटा ब्यापारीले उ संग प्रस्ताव राख्यो, ‘तिम्रो गाई र मेरो खसी साटौं ।’
जाबो ब्याउने गाईसंग जमुना पारिको लामकाने खसी साट्न पाउदा किन नसाट्नु भनेर उसले खसी र गाई साट्यो ।
२.
उतै तिरको अर्को ब्यपारीको अर्को प्रस्ताव आयो, ‘पाखो बारी भाडामा देउ तरकारी खेति गर्छु।’
जाबो पाखो बारीबाट भाडा आउनेभएपछि यस्तो प्रस्ताव किन नस्विकार्नु ? उसले बारी भाडामा दियो।
३.
ब्यापारीले अर्को प्रस्ताव राख्यो,
‘तिम्रो खेतमा जाने कुलो तरकारी बारीतर्फ फर्काइदेउ खेतको मूल्य भन्दा दोब्बर पैसा दिन्छु ।’
जाबो बगेर खेर जाने नी बाटै मनग्य पैसा आएपछि खेतमा कस्ले दुख गरोस् भनेर उसले पानी कुलोको मुहान उतै सोझाईदियो ।
४.
उसले आम्दानीका चौतर्फी बाटाहरुको खोजी गर्न थाल्यो । लालुपाते र लालीगुरांसहरु समेत बेच्न पछि परेन ।
५.
नव धनाड्य उ घरको आंगनमा सूर्य स्नान गरिरहेको थियो । बार्दलीमा बसेर उसकै छोरोले नयाँ नेपाली किताबबाट शब्द अर्थ घोक्दै थियोः
माटो अर्थात राष्ट्र
गाई अर्थात निरन्तर आम्दानीको श्रोत
पानी अर्थात राष्टिय सम्पदा
राता फुल अर्थात क्रान्ती
…
उ मुसुक्क मुस्कुराएर घमक्क पर्यो ।
आफुले आफैंलाई गजानन्द मिश्र ,गिरिजाप्रसाद
कोईराला, केपी वलि र झन्ड–(झन्डै पुष्पकमल दहाल प्रचन्ड नै होकी होकि जस्तो समझ्यो र भुसुक्कै निदायो ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्