अमेरिका (कोलोराडो) । अमेरिकाको कोलोराडोवासी शेर्पाहरुको साझा संस्था शेर्पा नाङपी छोग्पा कोलोराडोको परिचय अबको दिनमा शेर्पा संघ, कोलोराडो (शेर्पा नाङपी छोग्पा) रहने गरी दोस्रो कार्यकालको लागी अध्यक्षमा ङवाङ वाङछु शेर्पा चयन हुनु भएको छ ।
संघको उपाध्यक्ष सोनाम शेर्पा, कोषाध्यक्ष लाक्पा शेर्पा, महासचिव निमा ओङछु शेर्पा, सचिव पासाङ शेर्पा र सांस्कृतिक संयोजक निमा कर्मा शेर्पा गरी ६ सदस्यीय कार्य समिति घोषणा गरिएको हो ।
शेर्पा संघ, कोलोराडोले शेर्पाहरुको आफ्नै शेर्पा गुम्वा स्थपना गरी वौद्ध धर्म, शिक्षा, शेर्पा संस्कृती, सम्वोट भाषालिपी र पाठपूजा, चाडपर्वको जगेर्ना गर्ने अध्यक्ष ङवाङ वाङछु शेर्पाले प्रतिबद्धता जनाउनु भएको छ ।
संस्थाको कोषाध्यक्ष लाक्पा शेर्पा र महासचिव निमा शेर्पा पनि दोस्रो कार्यकालका लागि मनोनित हुनु भएको हो । महासचिव शेर्पालाई प्रवक्ताको जिम्मेवारी पनि दिईएको छ । महासचिव शेर्पा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचित वोर्ड सदस्य पनि हुनुहुन्छ ।
संस्थाको कार्यसमितिमा मनोनित भएका सदस्यहरु नेपालको विभिन्न जिल्ला र क्षेत्रहरुबाट प्रतीनिधित्व हुने गरी चुनिएका छन् । साथै समाजसेवी तथा स्थानीय व्यवसायी दावा शेर्पालाई शेर्पा संघ कोलोराडोको सल्लाहकार समितिमा मनोनित गरिएको थियो । शेर्पा संघ कोलोराडोको सल्लाहकारमा दावा शेर्पा चयन
शेर्पा संघ कोलोराडोले हिमाल आरोहीहरुलाई सम्मान तथा शेर्पा युवा, वालवालिकालाई प्रोत्साहन गर्दै नेपाली, शेर्पा कला संस्कृती र खेलकुदहरुमा हौसला प्रदान गर्ने र संस्थाले अन्य संघसंस्थाहरुसंग मिली सहयोगहरु जुटाई नेपाल र नेपालीहरुको लागी सहयोग गर्न पनि तत्पर रहने योजना छ ।
प्रतिक्रिया दिनुहोस्