नेपाल । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई किन छानबीन नगरेको भन्ने प्रश्नसहित सहकारी पीडितहरुले बिहीबार संसदीय समितिमा निवेदन दिएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले बिहीबार राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र दिँदै आफूहरूको वचत रकम फिर्ताको पहल गरिदिन पनि आग्रह गरेको हुन् ।
संस्थाका संचालक जिबी राईलाई तत्काल पक्राउ गर्न माग गर्न र सोही सहकारीसँग जोडिएका गृहमन्त्रीलाई छानबीनको दायरामा ल्याउन माग गरिएको छ ।
सूर्यदर्शन सहकारीमा १८ हजार ७०० जना बचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्