नेपाल । चैत १२ देखि २५ गतेसम्म हुने एकदिवसीय र टी–२० सिरिजमा आयरल्याण्डसंगको खेलका लागि नेपाली टोली घोषणा भएको छ ।
क्रिकेट संघ (क्यान)ले ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा सिनियर टिमबाट खेलिसकेका खेलाडीहरुलाई पनि समेटिएको छ ।
टोलीमा भीम सार्की, देव खनाल, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी र पवन सर्राफसहितका खेलाडीहरु रहेका छन् ।
नेपाल ‘ए’ र आयरल्यान्डबीच ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० सिरिज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्