नेपाल । प्रख्यात कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ ।
उनको काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।
प्रधानको बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । विसं. २००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
उनका १३ वटा कथा संग्रह प्रकाशित छन् । उनका नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह पनि प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस्