नेपाल । सुन तस्करी प्रकरणमा दोषी ठहर भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेका छन् ।
काठमाडौंबाट दाङतर्फ हिड्नुभएका महरालाई कपिलबस्तुमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउलगत्तै काठमाडौं ल्याएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पुर्याइएको थियो । ब्यूरोले अभियोगको फाइल तयार गरी जिल्ला अदालतमा म्याद थपका लागि लगेको हो ।
महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो । सुन तस्करी प्रकरणमै महरापुत्र राहुल पुर्पक्षका लागि थुनामा रहेका छन् ।
यसैबीच, सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका महरालाई नर्भिक अस्पताल थापाथली भर्ना गरिएको छ । कमजोर स्वास्थ्य अवस्था कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
उनले विगतमा पनि सभामुख रहेकै बेला एक महिलालाई यौनहिंसा गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । उक्त घटनामा उनी पुर्पक्षामा थुनामा बसी पछि सफाई पाएर रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्