नेपाल । नेपाली काँग्रेसले सहकारी ठगी लगायतका विभिन्न काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा काँग्रेस सांदहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरे ।
कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।
शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरूले संसद्को वेल घेराउ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्