कोलोराडो । अमेरिकाको कोलोराडो निवासी पदम विश्वकर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनु हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिवव डा. धनप्रसाद सुवेदीले जनाएका छन् । पुरस्कारको राशि १ लाख रुपैयाँ छ ।
विश्वकर्मासँगै खगेन्द्र संग्रौला, मोहनविक्रम सिंह, शान्ता श्रेष्ठ, घनश्याम शर्मा पौडेल, कृष्ण गौतम, प्राडा देवीप्रसाद गौतम, बम देवान, राजव र गंगा कर्माचार्यलाई पनि विभिन्न पुरस्कार प्रदान गरिने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्