२ माघ २०८१, बुधबार

भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगे उपप्रधानमन्त्री खड्का

कोलोराडोखबर संवाददाता , November 9th, 2023

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुग्नुभएको छ ।

भूकम्पपीडितले ओत लाग्नका लागि त्रिपाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्का पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुग्नुभएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएको करिब एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ ।

उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित हुनुहुन्छ । उहाँले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरिसक्नुभएको छ ।

उहाँ हाल भूकम्प प्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा निरन्तर खटिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्