१२ आश्विन २०८१, शनिबार

परराष्ट्रमन्त्री श्रेष्ठद्वारा सरकार र एनआरएनएबीच मिलेर काम गर्न सकारात्मक रहेको प्रतिबद्धता

कोलोराडोखबर संवाददाता , March 9th, 2024

अमेरिका । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग गैरआवासीय नेपाली संघ (एनआरएनए( का अध्यक्ष डा. बद्री केसीले भेटघाट गरेका छन् ।

शुक्रवार उनको सरकारी निवासमा भएको भेटमा अध्यक्ष डा. केसीले एनआरएनएको अभियान तथा संस्थागत विकासमा भएका प्रगतिको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी दिए ।

डा. केसीले एनआरएनए परराष्ट्र मन्त्रालयसंग विगतका दिनहरुमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीहरुले नेपालको लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए ।

उनले गैरआवासीय नेपालीहरुको नेपालमा प्रसस्त सम्भवना रहेको र संघको अभियानको वारेमा आफू पूर्णजानकार गरेको बताए । श्रेष्ठले सरकार र एनआरएनएबीच मिलेर काम गर्न आफु सकारात्मक रहेको बताए ।

उक्त अवसरमा डा. केसीले नवनियुक्त मन्त्री श्रेष्ठको कार्यकालको सफलताको लागि शुभकामना तथा बधाई दिंदै गैरआवासीय नेपाली अभियानको समस्याको बारेमा अवगत गराए ।

प्रतिक्रिया दिनुहोस्