७ मंसिर २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट

कोलोराडोखबर संवाददाता , March 8th, 2024

कोलोराडो । यसवर्ष ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन अमेरिका निवासी नेपालीहरु शनिबार कोलोराडोमा भेला हुँदै छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम शनिबार दिउँसो १ बजे बाट ६ बजेसम्म हुने छ ।

कार्यक्रममा सेभेन समिट गरेकी शाहसी महिला शैली बस्नेत कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु हुनेछ भने प्राप्ति विष्ट, रितु तुलाधर र नायिका रेखा थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनु हुनेछ ।

यसैक्रममा कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु पनि कोलोराडो आउने क्रम शुरु भएको छ ।

एनआरएनए एनसीसीले अमेरिकामा रहेका आफ्ना सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गर्दै पत्र पठाएको छ भने कोलोराडो च्याप्टरले पनि आफ्ना सबै सदस्यहरुलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिसकेको छ ।

‘महिलामा लगानी गरौंं, प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ उक्त दिनको अवसरमा महिलाका बिभिन्न मुद्दाहरुमा प्रस्ट्याने तथा महिला सशक्तीकरण्, सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका बिषय लगायत छलफल र अन्तरक्रिया गर्ने त्यो दिनको मुख्य आकर्षक हुनेछ । कार्यक्रममा बिभिन्न विधामा दक्ष महिलाहरुको सहभागिता हुनेछ ।

कोरोराडो स्थित नेपालीघरमा आयोजना हुने कार्यक्रम स्थलको तयारी, सुरक्षा व्यवस्था, स्वयम् सेवकको व्यवस्थापन र कार्यक्रम स्थलमै सहभागीहरुका लागि खाजा लगायत सन्ध्याकालीन भोजनको उचित व्यवस्था पनि गरिएको छ । साथै एनआरएनए कोलोराडो च्याप्टरका युथ को–अर्डिनेटर चन्द्र गुरुङले स्वयं सेवक परिचालनको नेतृत्व गर्नु हुनेछ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र कोलोराडोमा पहिलोपटक हुन लागेको राष्ट्रिय स्तरको कार्यक्रमलाई हरेक हिसाबले सभ्य र भव्यताका साथ सम्पन्न गर्न आफूहरु अन्तिम तयारीमा जुटेको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।

कार्यक्रममा सहभागी हुन आउनु हुने पाहुनाहरुको स्वागतका लागि आगामी मार्च ८ तारिखका दिन ‘एनआरएनए नाईट’ कार्यक्रम हुने छ । लाइभ म्युजिकको साथमा दरबार नेपाली र भारतीय बिस्ट्रो रेस्टुरेन्ट Durbar Nepalese and Indian Bistro restaurant मा साँझ ८ बजेदेखि ‘एनआरएनए नाईट’ कार्यक्रम गर्न लागिएको छ ।

अमेरिकाको कोलोराडोमा शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा

एनआरएनए अमेरिकाको आयोजनामा नारी दिवस मनाईँदै, तयारीमा जुट्यो कोलोराडो च्याप्टर

कोलोराडोमा हुने अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमलाई भव्य बनाउने संघसंस्थाको प्रतिबद्धता

अन्तराष्ट्रिय नारी दिवसमा कोलोराडो आउने पाहुनाहरुलाई छुटसहितको होटल व्यवस्थापन

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारीका लागि विभिन्न समितिहरु गठन

कोलोराडोमा नारी दिवस कार्यक्रमः स्थानीयस्तरमा निमा शेर्पाको नेतृत्वमा भव्य तयारी हुँदै

अन्तर्राष्ट्रिय नारी दिवसमा सहभागी पाहुनाहरुको स्वागतमा कोलोराडोमा ‘एनआरएनए नाईट’ हुँदै

कोलोराडोमा आगामी शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी अन्तिम चरणमा

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

प्रतिक्रिया दिनुहोस्