१२ आश्विन २०८१, शनिबार

मेयर रेनु दाहालले बेलायतमा पाइने इन्टरनेशनल मेयर अवार्ड

कोलोराडोखबर संवाददाता , March 8th, 2024

लण्डन । बेलायतको संसद भवनस्थित लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपती अमिना फकिम लगायतका उच्च नेतृत्व क्षमता प्रदर्शन गरेका व्यक्तित्वहरुकाबीच चितवन भरतपुरकी मेयर रेनु दाहाल सम्मानित भएकी छिन् ।

मेयर खानलाई Local Government Award, राष्ट्रपती फकिमलाई International Woman of the Year र मेयर दहाललाई International Mayor Award द्वारा दर्जनौ उच्च राजनीतिक नेतृत्व बीच सम्मान गरिएको थियो ।

पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड अन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत बिभिन्न देशका फरक फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको थियो ।

यस वर्ष उक्त अवार्ड पाउनेहरुमा बेलायतका उपप्रधानमन्त्री ‌ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उप नेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन,लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्व राष्टपति अमिना गुरिब फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि थिए ।

प्रतिक्रिया दिनुहोस्