नेपाल । नेपालले अन्ततः टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जित्न सकेन ।
सोमबार नेदरल्यान्ड्सले नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको हो । त्रिवि मैदानमा भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो ।
नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
नेपालका कुशल मल्लले ४ विकेट लिए । १९ औँ ओभरमा कुशल मल्लले २ विकेट लिए भने १२ रन खर्चिएका थिए । डच टोलीलाई अन्तिम ३ ओभरमा ४० रन चाहिएको थियो । त्यसअघि नेदरल्यान्ड्सले पहिलो विकेटका लागि ८ ओभरमा ८३ रनको साझेदारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्