२ माघ २०८१, बुधबार

नेकपा एसको निश्कर्षः ‘प्रचण्ड’ ले अप्रत्यासित कदम चाले

कोलोराडोखबर संवाददाता , March 5th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्रत्यासित कदम चालेको निश्कर्ष निकालेको छ ।

सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको सचिवालय बैठकले उक्त निश्कर्ष निकालेको हो ।

सोमबार कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भनेको हो ।

बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्ना लागि अप्रत्यासित भएको बैठकले ठहर गरेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्