१२ आश्विन २०८१, शनिबार

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शरिफ निर्वाचित

कोलोराडोखबर संवाददाता , March 4th, 2024

अमेरिका । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् ।

इमरान खानको तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

आइतवार पाकिस्तानको संसद् न्याश्नल असेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अयुबले ९२ मत प्राप्त गरे ।

पाकिस्तानको आम निर्वाचन कुनै पनि दलको प्रस्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री चयन गर्न हप्तौँ लागेको थियो ।

निर्वाचनमा सबैभन्दा धेरै सिट जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए ।

शरिफको प्रधानमन्त्रीमा यो दोस्रो कार्यकाल हो। यसअघि सन् २०२२ को अप्रिलमा इमरान खानको सरकार ढलेपछि शहबाज प्रधानमन्त्री बनेका थिए । – बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्