नेपाल । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
आइतबार घोषणा गरिएको टोलीमा पहिलो रोजाईका केही खेलाडीहरुलाई समावेश गरिएको छ । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई राखिएको छैन । रोहित पौडेल, कुशल भुर्तेल, विनोद भन्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेद यादब, रसिद खान, करण केसी, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरालाई हङकङ भ्रमणमा समावेश गरिएको हो ।
हाल जारी टी–२० शृंखला खेलिरहेका अनिल शाह पनि टोलीमा छैनन्।
विश्वकपको तयारीका लागि नेपाली टोलीले हङकङमा खेल्न लागेको हो । नेपालले फागुन २६ देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी–२० सिरिज खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्