२ माघ २०८१, बुधबार

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनेबारे ठोस निर्णय भएको छैनः प्रचण्ड

कोलोराडोखबर संवाददाता , March 1st, 2024

नेपाल (चितवन) । बिहीबार चितवन पुगेर प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका कृष्ण सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनेबारे ठोस निर्णय नभएको दाबी गरेका छन् ।

उनले राष्ट्रियसभामा आफ्नै पार्टीको दाबी रहेको पनि बताए । उनले विगतमा आफूले कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति राष्ट्रियसभामा आउनुपर्छ भनेको भए पनि अहिले परिस्थिति भिन्न भएको उनको जिकीर छ ।

कोशीबाट राष्ट्रिय सभामा माओवादी नेताको पराजय, भर्खरै काँग्रेस महासमिति बैठकमा धर्म निरपेक्षेता, जनयुद्ध र आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय पछि उनको असन्तुष्टि पनि व्यक्त गरे ।

यद्यपि प्रचण्डले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्