१२ आश्विन २०८१, शनिबार

एनआरएनएको काठमाडौंस्थित भवन तत्काल खाली गर्नु नपर्ने उच्च अदालत पाटनको आदेश

कोलोराडोखबर संवाददाता , February 27th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाडौं स्थित केन्द्रीय कार्यालय भवन खाली गर्ने काठमाडौं महानगरपालिकाको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमवार उक्त आदेश जारी गरेको हो ।

कानून बमोजिम पुनरावेदन गर्ने म्याद बाँकी रहेसम्म फैसला कार्यान्वयन स्थगत गर्नुपर्ने व्यवस्था रहेको भन्दै अदालतले महानगरपालिकालाई सो आदेश दिएको हो ।

महानगरपालिकाले ललिता निवासस्थित संघलगायत घरजग्गाहरू खाली गर्न सात दिने सूचना सम्बन्धित व्यक्ति र संस्थालाई दिएको थियो ।

विशेष अदालतको फैसला कार्यान्वयनका लागि महानगरले जारी गरेको सूचना सुविधा सन्तुलनको हिसाबले उचित नभएको भन्दै संघले उच्च अदालतमा रिट दायर गरेको थियो ।

मेयर बालेनलाई खुला पत्रः ‘एनआरएनएको सामाजिक सम्पत्ति संरक्षण गर्ने कर्तव्य तपाईँको पनि हो’

प्रतिक्रिया दिनुहोस्