१२ पुष २०८१, शुक्रबार

इन्द्रेणीका सञ्चालक कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा, दोषी ठहर भए ३ वर्षसम्म कैद

कोलोराडोखबर संवाददाता , February 27th, 2024

अमेरिका । चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा परेको छ।

एक महिलाले जिल्ला अदालत काठमाडौँमा कँडेलविरुद्ध मुद्दा हालेकी हुन् । सोमबार मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कँडेलविरुद्ध मुद्दा दर्ता भएको हो ।

सो दफामा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने भनिएको छ। यस मुद्दामा कँडेल दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुन सक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्