९ मंसिर २०८१, आईतवार

न्यू योर्कस्थित ‘लङ्ग आइल्याण्ड नेपाली समाज’को अध्यक्षमा कुलप्रसाद गौली निर्वाचित

कोलोराडोखबर संवाददाता , February 26th, 2024

न्यूयोर्क । अमेरिकाको न्यू योर्क स्थित प्रवासी नेपालीहरुको संस्था ‘लङ्ग आइल्याण्ड नेपाली समाजको ७औं अधिवेशनले कुलप्रसाद गौली(राजन)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत फेब्रुअरी २४ तारिख शनिवारका दिन सम्पन्न अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो । गौलीले २९३ मत प्राप्त गरी अर्का प्रत्याशी बाबुराम शर्मालाई पराजीत गरे । बाबुरामले २४० मत पाए ।

निर्वाचन परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा सावित्रा शिवाकोटी, उपाध्यक्षमा गोकुल सापकोटा र इन्दिरा सिंखडाविजयी भए । महासचिव पदमा राजेन्द्र कार्की विजयी हुन सफल भए ।

सचिव पदमा दिपक अधिकारी र मन क्षेत्री(मोहन) विजयी भएका छन् । कोषाध्यक्षमा निर्मल थपलिया विजयी भए । सहकोषाध्यक्ष पदमा रामकुमार राई विजयी भए ।

यसैगरी, सदस्यहरुमा डाक्टर यमराज गिरी, रोशनी सिटौला, विकास मैनाली, ज्ञानु चन्द, अम्बिका फुयाल, बिमला भण्डारी, नमिता पौडेल, रबि खड्का, सुमन बास्तोला, राजकुमार तामाङ, निरज सापकोटा र सुजन रेग्मी विजयी भएका छन् ।

यो संस्था अमेरिकाको न्यू योर्क राज्यमा बसोवास गर्ने प्रवासी नेपलीहरुको हितार्थ सन् २०१० मा स्थापना भएको हो । हाल यस संस्थामा ७०८ जना सदस्यहरु रहेका छन् । यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्