१९ पुष २०८१, शुक्रबार

काँग्रेस सभापति देउवा महामन्त्री गगनको प्रस्तावमा सहमत

कोलोराडोखबर संवाददाता , February 20th, 2024

नेपाल । नेपाली काँग्रेसको महासमिति बैठक सोमबारदेखि शुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो सुरु भएको महासमिति बैठक मंगलबार पनि जारी रहने छ ।

महासमिति बैठकको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय परिस्थितिमा भरपर्ने बताएका थिए । अहिलेको गठबन्धनको औचित्यबारे टिप्पणी गर्ने बेला नभएको देउवाको दाबी छ । उनले शासकीय स्वरुपबाहेक अरु विषयमा संविधान संशोधनका लागि छलफल गर्न सकिने पनि बताए ।

अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने महामन्त्री गगन थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको जनाइएको छ ।

१० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन् । बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन् । प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्