१२ आश्विन २०८१, शनिबार

केन्याका जुलियसले जिते एनआरएनएको सहयोगमा सम्पन्न पोखरा म्याराथनको उपाधि

कोलोराडोखबर संवाददाता , February 18th, 2024

अमेरिका । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८औँ संस्करणको उपाधि जितेका छन् ।

पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

दोस्रो र तेस्रो स्थान पनि केन्याका धावकले नै जितेका छन्। नेपालका किरणसिंह बोगटी चौथो बन्न सफल भएका छन् । केन्याका स्कास किहारा कामीनी दोस्रो भए। उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ०५ सेकेण्डमा पार गरे । तेस्रो भएका एडविन किप्लागट तेस्रो भए। उनले २ घण्टा २० मिनेट ४५ सेकेण्डको समय निकालेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणले निर्धारित दुरी २ घण्टा २९ मिनेट ३७ सकेण्डमा पूरा गरेका थिए ।

भुतपूर्व खेलाडी मन्च पोखराको आयोजनामा‌ भएको प्रतियोगिताको पुरुष म्याराथनमा १ सय २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सम्पन्न १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गैरआवासीय नेपाली संघले सहयोग गरेको थियो । सो प्रतियोगितमा गैर आवासीय नेपाली संघले ७ लाख ५० हजार रुपैया आर्थिक सहयोग समेत गरेको थियो । संघले आगामी तीन वर्ष सम्म लगातार सो प्रतियोगितामा प्रयोजकको रुपमा सहयोग गर्ने भएको छ ।

प्रतियोगितामा १३ राष्ट्रका ५० विदेशी खेलाडीसहित कुल १ सय ८ धावकले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, साउदी अरेबिया, ताइवान, बेलायत र अमेरिकाका धावकको सहभागिता थियो ।

बिहीबार पोखरेली मञ्च युकेले तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित १९ लाख २४ हजार २ सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको थियो ।

संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई रकम हस्तान्तरण गरेका हुन् । बगर भाइ खलक यूकेका अध्यक्ष तथा संघका आइसीसी सदस्य दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरेली मञ्च अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले गैर आवासीय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे ।

म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । गण्डकी प्रदेशतर्फ विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गरे ।

प्रतियोगितमा सहभागी हुन् गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोप उपक्षेत्रीय संयोजक महेश अधिकारी, आइसीसी सदस्य विक्रम कार्की (कतार), पूर्वआईसीसी सदस्यद्धय अर्कराज तिमल्सिना, कृष्ण ढकाल र संघका निवर्तमान प्रवक्ता शिव बरुवाल पोखरा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्