१२ आश्विन २०८१, शनिबार

बेलायती नागरिकको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा मृत्यु

कोलोराडोखबर संवाददाता , February 18th, 2024

नेपाल । बेलायतबाट सगरमाथा क्षेत्रको भ्रमणमा आएका ४२ वर्षीया एलिजाबेथ डायरोको मृत्यु भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो ।

गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए ।

सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको थियो ।

उनको शव अल्टिच्युड हेलिकप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौंको शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्