१८ पुष २०८१, बिहीबार

बिवादमा तानिए इन्द्रेणी लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल

कोलोराडोखबर संवाददाता , February 17th, 2024

अमेरिका । नेपालमा इन्द्रेणी लोकदोहोरी कार्यक्रम सञ्चालक कृष्ण कँडेल र केही समयसम्म सोही टिममा आबद्ध गायिका शर्मिला श्रेष्ठबीचको बिवाद चर्किंदै गएको छ ।

गायिका श्रेष्ठले इन्दे्रणकिा सञ्चालक कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको आरोप लगाएकी छन् । बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित भिडियोमा देखिएकी श्रेष्ठले आफूमाथि भएको मानसिक हिंसा खोलेकी हुन् ।

आफूहरुलाई पक्षपात ढंगले संस्थाबाट निष्काशन गरेको र यौनजन्य हिंसा पनि आफूले महशुस गरेको श्रेष्ठको आरोप छ ।

तर, कँडेलले भने सामाजिक सञ्जालमार्फत नै ती आरोपहरुको खण्डन गरेका छन् । केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको छ । कँडेलले शर्मिला श्रेष्ठलगायतका विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।

कँडेलले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रियाः

सम्पूर्णमा इन्द्रेणीका भगवानरुपी दर्शक आमाबुबा दिदीबहिनी दाजुभाईहरुमा म कृष्ण कंडेलको नमस्कार ।

नेपालको लोक सस्कृतिको जगेर्णा र संरक्षणको लागि इन्द्रेणी सास्कृतिक बिकास केन्द्रको जन्म गर्दाको दुख,पिडा र संघर्ष सम्झिदा आज पनि मेरो मन भक्कानिन्छ।देशका कुना कन्दरादेखि दूरदराजसम्मको प्रतिभा र श्रष्टाहरुलाई स्थान दिई प्रतिभा प्रस्फुटन गर्ने काम गरे ,गरिब दुखि र असाय(रोगी तथा अपाङ्गको संरक्षणमा म जिवन्त लाग्दै आए। बाल कलाकारलाई स्थान दिने देखि लिएर मृत्युको मुखमा पुगेका बिरामीहरुलाइ गरेको सहयोग र योगदान देखेर देश बिदेशका आमाबुबा दाजुभाइ दिदीबहिनीहरुले गरेको सहयोग जस्ताको तस्तै पुर्याउने पुलको काम गरे।दिनरात झरी,बादल ,कोरोना तथा दैविक प्रकोप केहीको प्रबाह नगरिकन अहोरात्र जीवन समर्पण गरे ।

आज यस सस्थाका सबै कर्मचारी तथा कलाकारलाइ समान व्यवहारको काम गर्दा गर्दै पनि केहि कलाकार तथा कर्मचारीहरुले यस संस्था छाडी आज म तथा मैले संचालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाइ बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरबार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको बिषयले म सार्है दुखित छु। मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा सोषण गर्ने कार्य गरेक छैन। झुटा कुरा बोलेको बिषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरुको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरुलाई हार्दिक अपिल गर्दछु।

साथै, इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने बिषय हाल पनि यस सस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुदा निजहरुसँग पनि प्रत्यक्ष बुझ्दा स्पस्ट हुने हुदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाइ संचारमाध्यमहरुले एकतर्फी सम्प्रेक्षण नगरिदिनुहुन अनुरोध गर्दछु। अन्यथा म विरुद्ध लागेको झुटो आरोपहरु प्रकाशित गर्ने संचारमाध्यम तथा झुटा अफबाह फैलाउने व्यक्ति जो कोहि विरुद्ध कानुनी उपचारमा जान बाध्य हुनेछु।

कृष्ण प्रसाद कंडेल
अध्यक्ष
इन्द्रेणी सांस्कृतिक बिकास केन्द्र

प्रतिक्रिया दिनुहोस्