अमेरिका । अमेरिकाको टेक्ससका समाजसेवी टीका पौडेल युलेस सिटी काउन्सिल सदस्यमा निर्विरोध भएका छन् ।
तीन वर्ष अघि सिटी काउन्सिल सदस्यमा निर्वाचित पौडेल यसपटक निर्विरोध भएका हुन् । युलेस सिटीको प्लेस–६ का लागि पौडेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।
तीन वर्ष अघि पौडेल निर्वाचित भएर आएपछि नेपाली समुदाय र अमेरिकी राजनीतिमा जोड्न पौडेलले निकै उच्चस्तरको भूमिका निर्वाह गर्दै आएका छन् ।
आउँदो नोभेम्बरमा राष्ट्रपति, सांसदको चुनाव हुने भएपनि सिटी काउन्सिल सदस्यको भने आउँदो मे महिना चुनाव हुँदैछ ।
पौडेल निर्विरोध भएपछि सिटीका सबै मतदाताहरुलाई धन्यवाद दिँदै युलेसलाई आवास, व्यबसाय, सुरक्षाको हिसाबले उत्कृष्ठ सिटी बनाउन आफू निरन्तर लागिरहने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्