नेपाल । नेकपा (माओवादी केन्द्र) को प्रस्तावित मस्यौदा विधानमाथि मंगलबारदेखि छलफल जारी छ ।
मंगलबारबाट प्रज्ञा भवन कमलादीमा सुरु भएको प्रथम विधान अधिवेशनले मस्यौदामाथि छलफल गर्न स्थायी समितिले समन्वय गर्ने गरी २० समूह बनाएको छ ।
सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदामा छलफल प्रारम्भ गरिएको र समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गरिने छ । २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।
सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्