९ मंसिर २०८१, आईतवार

१५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने संशोधित अनुमान

कोलोराडोखबर संवाददाता , February 13th, 2024

नेपाल । सोमबार चालु आर्थिक वर्ष २०८०–८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस बर्षको बजेटको लक्ष्य घटाएका छन् ।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने जानकारी दिएका हुन् ।

जीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने र चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्