२ माघ २०८१, बुधबार

भारतलाई ७९ रनले पराजीत गर्दै अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

कोलोराडोखबर संवाददाता , February 12th, 2024

नेपाल । भारतलाई ७९ रनले पराजीत गर्दै अस्ट्रेलियाले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

आइतबार राति सम्पन्न फाइनलमा अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै १७४ रन मात्रै बनाउन सक्यो ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८८, २००२ र २०१० मा यू–१९ विश्वकप जितेको थियो ।

पछिल्ल्लो पटक अस्ट्रेलिया सन् २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो ।

यसअघि पनि सिनियर भारतीय टोलीले भारतमै भएको विश्वकप अष्ट्रेलियासँग गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्