१९ पुष २०८१, शुक्रबार

एनआरएनए आईसीसी र नेपाल भुतपूर्व खेलाडी मञ्चबीच तीन बर्षे सम्झौता

कोलोराडोखबर संवाददाता , February 12th, 2024

अमेरिका । नेपाल भुतपूर्व खेलाडी मञ्च र गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीबीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनएसँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो ।

पोखरामा हालै आयोजित एक कार्यक्रममा दुई पक्षले सम्झौता गरेका छन् । सम्झौतासँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो ।

एनआरएनएको तर्फबाट आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष लेरिचन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्