११ मंसिर २०८१, मंगलवार

सुत्रकथाः देउता

कोलोराडोखबर संवाददाता , February 10th, 2024

–एसके ज्ञवाली–

– पुजारी बा दर्शन गरे ।

– लु एकाबिहानै शिव मन्दिरको ढोकानेर किन देखिएको ए कुजात ? ए अलि परै बस यता छोईएला ।

–सानो बिन्ति बिसाउनु छ, बाहिर आउनु न ।

–लु भन, के भन्नू छ ?

–मलाई उ त्यो शिबजिको मुर्ति चाहियो ।

–हेर हेर कलियुगको मति । बौलाईस् कि क्याहो ?

–सद्दे नै छु पुजारी बा ! नानी बिरामी भएर खर्चको फट्टे परेको थियो । बाँकी ज्याला मागेर गर्जो टारौ भनेको मन्दिरका अध्यक्षले ज्याला रोकिदिए ।

–किन रोके तेरो ज्याला ?

–उबेला केही भन्नू भएन अहिले आएर भन्नुहुन्छ मुर्तिको देब्रे आँखो अलि सानो भो रे ।

–क्यारे !

–मुर्ति बाहिर ल्याईदिनु न पुजारी बा । २–३ घण्टामा आँखो मिलाएर ल्याईदिन्छु । भित्रै आएर मिलाईदिउ भने तपाईंहरुको देउता रिसाउलान ।

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्