१२ आश्विन २०८१, शनिबार

एनआरएनए अमेरिकाले बनायो विज्ञान, प्रविधि र भाषा साहित्य समिति (नामसहित)

कोलोराडोखबर संवाददाता , February 9th, 2024

अमेरिका । गैरआवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले विज्ञान, प्रविधि र नवप्रवर्तन समिति र साहित्य तथा भाषा समिति गठन गरेको छ ।

यसैक्रममा एनआरएनए एनसीसी अमेरिकाका विभाग प्रमुख भानु खरेल रहेको विज्ञान, प्रविधि र नवप्रवर्तन समितिको अध्यक्षमा बेनी डाँगी र उपाध्यक्ष सञ्जय श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा राजेन्द्र बन्जाडे, रमा भट्टराई, विभा गौतम, चन्द्र गिरी, मधु ज्ञवाली, अमर जैसी, देव जैसी, नरेश पाण्डे, नवराज पौडेल, शारदा पौडेल, झलेन्द्र रिजाल, वर्षा शर्मा, निरजमान श्रेष्ठ रहेका छन् ।

त्यस्तै एनसीसी अमेरिकाका उपाध्यक्ष तथा विभागका प्रमुख नेत्र पाण्डे रहेको साहित्य तथा भाषा समितिको अध्यक्षमा राजेन्द्रप्रसाद अर्याल र सहअध्यक्षमा कृष्ण गिरी र सुदीपभद्र खनाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा तीर्थ अधिकारी, विश्वराज अधिकारी, खेमराज पोखरेल, पिपलमणि सिग्देल, नेत्रबन्धु पोखरेल, परशुराम भण्डारी, लेख काफ्ले, कोमल प्रसाद भट्ट, उर्मिला निर्दोशी, डा अजित घिमिरे, पोष्टक श्रेष्ठ, बिष्णा बाराही, शकुन ज्ञवाली, सुनिता खत्री नेपाल, डा शम्भु कँडेल, सुनिता बस्नेत, पूर्ण श्रेष्ठ, गीता बजगाईं, सृजना शर्मा, प्रभा पोखरेल, रेवतीराज अधिकारी, अग्नि पराजुली, गायत्री तिमिल्सिना, प्रतिज्ञा वाग्ले, अमर बहादुर कार्की, पवन लामिछाने र डमरु पौडेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्