९ मंसिर २०८१, आईतवार

नेपालीले विदेशबाट ६ महिनामा ७ खर्ब ३३ अर्ब पठाए रेमिट्यान्स

कोलोराडोखबर संवाददाता , February 7th, 2024

नेपाल । नेपालीले विदेशबाट चालु आवको छ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स पठाएका छन् ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार छ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ ।

यसैगरी गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ । महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्