नेपाल । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत जोडिएको छ । उक्त जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन, सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ ।
बचतकर्ताका १ अर्ब भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र (जीबी) राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् ।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्