१३ मंसिर २०८१, बिहीबार

पूर्वसांसद तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश

कोलोराडोखबर संवाददाता , February 5th, 2024

नेपाल । सिभिल सहकारीका सञ्चालक पूर्व सांसद इच्छाराज तामाङलाई विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ ।

सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७३ करोड बढी जरिवाना तोकिएको हो ।

त्यसैगरी अदालतले तामाङ पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड बिगो तोकेको छ। इच्छाराजका मामा ससुरा केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड बिगो त्यत्ति नै बराबरको जरिवाना तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्