१९ पुष २०८१, शुक्रबार

कांग्रेसका महासमिति बैठक फागुन ७ गतेदेखि, तयारीका लागि उपसमिति गठन

कोलोराडोखबर संवाददाता , February 5th, 2024

नेपाल । नेपाली कांग्रेसका महासमिति बैठक फागुन ७ गतेदेखि बस्ने भएको छ ।

यसैक्रममा सभापति शेरबहादुर देउवाले बैठकको तयारीका लागि विभिन्न उपसमितिको संयोजक चयन गरेका छन् ।

मूल समितिका संयोजक समेत रहनुभएका उहाँले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गर्नुभएको छ ।

स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई जिम्मेजारी प्रदान गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्