९ मंसिर २०८१, आईतवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कोलोराडोखबर संवाददाता , February 1st, 2024

नेपाल । बुधबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इृण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले वृद्धि गरेको उल्लेख गरेको छ ।

अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ भएको छ । त्यस्तै, डिजेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, एलपीजी ग्यास पनि १८९५ बाट बढेर १९१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्