१२ आश्विन २०८१, शनिबार

नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा चम्लागाई निर्वाचित

कोलोराडोखबर संवाददाता , January 29th, 2024

कतार । नेपाल व्यवसायी संघ कतारको अध्यक्षमा पुनः महेन्द्र चम्लागाई चयन भएका छन् । संघको दोस्रो साधारणसभाले चारवर्षको लागि पुनः चम्लागाईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके),राजु रेग्मी (राज), प्रकाश कोइराला, रमेश भट्ट चयन भएका छन् । महासचिवमा शंकर न्यौपाने, सचिव सुनिलकुमार घिमिरे र राजेन्द्र देवकोटा, पूर्णबहादुर पोखरिया र कोषाध्यक्षमा चुडामणी कार्की, सहकोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भए ।

कार्यसमिति सदस्यमा रामु रेक्ष्मी, क्रान्ति सिंह, रामचन्द्र पन्थ, कमलप्रसाद न्यौपान, टंकबहादुर खड्का, श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मन्जु खनाल, नारायणप्रसाद शर्मा र वासिम अक्रम चयन भए ।

नेपाल व्यवसायी संघ कतार कतारको सरकारी निकायमा दर्ता भएको नेपाली व्यवसायीहरुको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्