नेपाल (हेटौंडा) । दारको ठेकीको लागि प्रसिद्ध मकवानपुरमा लोप हुँदै गएको ठेकी बनाउने तालिम सुरु भएको छ ।
सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना तथा एफएओ र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौँडा–५ पिप्लेमा तालिम सुरु भएको हो ।
पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा सुरु भएको तालिममा महिला २० र पुरुष ५ गरि २५ जनाले तालिम लिईरहेका छन् ।
२० दिनसम्म चल्ने तालिमबाट लोप हुने अवस्थामा पुगेको दारको ठेकीलाई पुनः मकवानपुरमा स्थापित गर्ने उद्देश्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्