१२ आश्विन २०८१, शनिबार

एनआरएनएद्वारा विधान संशोधन गर्ने निर्णय, विद्यार्थीहरुको सहयोगार्थ हेल्पडेक्स स्थापना

कोलोराडोखबर संवाददाता , January 25th, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्ययनको सिलसिलामा विश्वका विभिन्न शहरमा पुगेर दुःख पाएका नेपाली विद्यार्थीहरुको सहयोगार्थ हेल्पडेक्स स्थापना गर्ने भएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा गत सोमवार चन्द्रागिरिमा बसेको संघको बैठकले एक उच्चस्तरिय समिति गठन गर्दै संघको केन्द्रीय कार्यालयमा सो हेल्पडेक्स स्थापना गर्न लागेको हो ।

यस्तै बैठकले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गैरआवसीय नेपाली संघले नेपाल सरकारसंगको सहकार्यमा २०५० सम्ममा नेपालका सडकलाई बालबालिका रहित बनाउने निर्णय गरेको छ ।

हाल संघको अग्रसरतामा ५० जना बालबालिकाहरुको पठनपाठनमा भएको सहयोगलाई विस्तार गर्ने निर्णय गरेको छ ।

त्यस्तै एनआरएनएले संस्थाको केन्द्रीय नेतृत्व चयनको अधिकार पञ्जिकृत सदस्यहरुलाई दिने गरि विधान संशोधन गर्ने निर्णय गरेको छ । बैठकले यसअघि कायम रहेको प्रतिनिधि प्रणालीलाई संशोधन गर्दै विश्वभर छरिएका साधारण सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको हो । हाल गैरआवासीय नेपाली संघका करिब १ लाख दर्ता भएका पञ्जिकृत सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्