नेपाल । सोमबार रातिबाट राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको भएको छ ।
यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ ।
राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ । निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।
यसैबीच राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ ।
एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।
एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्