नेपाल । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालको विकासका लागि बोक्नुभएको समाजवादी चिन्तनको सार्थक कार्यान्वयनको विषयमा लेखिएको पुस्तक ‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण गरिएको छ ।
बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, डा। शेखर कोइरालालगायतले पुस्तक लोकार्पण गर्नुभयो । पूर्वराष्ट्रपति डा. यादवले बिपी कोइरालाको सिद्धान्तलाई बुझ्न उहाँले लेख्नुभएका जेल जर्नल, उहाँको आत्मवृत्तान्त र सकेसम्म सबै पुस्तकको पनि अध्ययन गर्न आग्रह गर्नुभयो ।
बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालका अध्यक्ष इन्दिरा थापाले बिपीले नेपालको विकास समाजवादको कार्यान्वयनबाट मात्र हुन सक्छ भनेर लिनुभएको समाजवादको सिद्धान्तलाई स्थानीय सरकारसँग समन्वय गरेर कसरी देश विकास गर्ने भन्ने सन्दर्भमा पुस्तक तयार भएको बताउनुभयो ।
लेखक सिकेलालले बिपीले यो भन्नुहुन्थ्यो, त्यो भन्नुहुन्थ्यो भनेर उद्धरण मात्र लिने, मन्त्र जस्तै गरी जपेर मात्र हुन्न भन्दै काम नगर्ने प्रवृत्तिले उहाँको समाजवादको सिद्धान्त कार्यान्वयन नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्