–लक्ष्मण आचार्य–
वर्षौंदेखि हेपिएर आन्दोलनमा छन् शिक्षक ।
उपेक्षाले सेकिएर आन्दोलनमा छन् शिक्षक ।
अधिकारको लडाइँ हो यो वर्षौं दबिएको
सतहमा देखिएर आन्दोलनमा छन् शिक्षक ।
आन्दोलनको निन्दा गर्नेहरूले बुझे हुन्छ
नियतिले घेरिएर आन्दोलनमा छन् शिक्षक ।
थोत्रो ऐन विधानले कति काम चलाउँछौ ?
धाराहरूले सेरिएर आन्दोलनमा छन् शिक्षक ।
शिक्षामा थुप्रिएका समस्याका चाङहरू
कत्ति पनि नहेरिएर आन्दोलनमा छन् शिक्षक ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्