नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा संसदको बजेट अधिवेशनमा छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउन उपसभापति वाग्लेको नेतृत्वमा संसदमा छलफल र बहस गर्ने निर्णय गरेको हो ।
संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडि बढाउने निर्णय गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्