१५ बैशाख २०८२, सोमबार

आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्छुः मन्त्री पन्त

कोलोराडोखबर संवाददाता , April 25th, 2025

नेपाल । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री पन्तले आफू अब बोल्नेभन्दा पनि काम गरेर परिणाम निकाल्नेतर्फ लाग्ने पनि बताउनुभयो ।

उहाँले मन्त्रालयको आन्तरिक नियन्त्रण व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण गर्ने टिम गठनको फाइल सदर गरेर कार्यभार समाल्नुभएको थियो ।

सबै समस्या समाधानको एउटै उपाय वार्ता भएको उहाँले बताउनुभयो । शिक्षकहरू चैत २० गतेदेखि निरन्तर बबरमहल तथा बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्