नेपाल । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।
यसअघि मंगलबार बिहान परीक्षा बोर्डले सरकारको सहयोगमा निजामती कर्मचारीलाई प्रयोग गरेर भए पनि १२ को परीक्षा गराउने भन्दै आन्दोलनरत शिक्षकलाई चेतावनी दिएको थियो ।
निजामती कर्मचारीले १२ कक्षाको परीक्षा आफूहरूले सञ्चालन गर्न नसक्ने बताएपछि सरकार परीक्षा सञ्चालन गर्नबाट पछि हटेको हो ।
शिक्षक आन्दोलनका लागि यही बैशाख ११ गतेबाट शुरु हुने तय भएको परीक्षा रोकिएको हो । अब कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्