नेपाल । चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वलाई प्राथमिकता दिइएको छ ।
गणतन्त्र दिवसका अवसरमा प्रदर्शन हुने चलचित्रको निर्देशन दिनेश राउतले गर्नुभएको छ । चलचित्रले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई मूल विषय बनाएको छ ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाललगायतका कलाकारको अभिनय देख्न पाइने छ ।
क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्